एउटा सेलिब्रेटीको आत्मकथा (Comedy Content)
( तलको आत्मकथा काल्पनिक हो । ) सप्पैजनालाई नमस्कार छ है।मेरो नाम चैँ डोलेमान । डोरेमन होइन क्या ।डोलेमान भनेको ।हुन त मेरो असली फ्यान्सहरूले त मलाई चिनिहाल्नुहुन्छ होला ।नचिन्नेहरूले पनि चियामा चैँ चिनीहाल्नुहुन्छ होला । खास कुरा के भने पोहोरको साल त्यो टिकटकको भिडियो देशैभरी भाइरल भयो ।भाइरल भिडियोले मलाई चर्चित त बनायो तर साथसाथै स्वतन्त्रताबाट वर्जित पनि पो बनायो त ।अब हेर्नुहोस् न ! बाटोमा सामान किन्न जाँदा पनि दश चोटी सोच्नुपर्दछ , चस्मा र मार्क्स कता छ भनेर हतार - हतार खोज्नुपर्दछ । के गर्नु हजुर , श्रीमतीले एक किलो दाल किन्न पठाउँदा पनि " डोले दाइ ! डोले दाइ " भन्दै फ्यान्सहरू झुम्मिन थाल्छन् , घर पुग्न ढिला हुन्छ अनि गृहमन्त्रीको हप्काई सुन्नुपर्छ " हैन ! एक किलो दाल ल्याउन पनि यत्रो टाइम लाग्छ ? तपाईँको नियत ठीक लागेन है " ए साँच्चै ! दाल भन्दै गर्दा याद आयो ।हामीहरूलाई सबैभन्दा अप्ठ्यारो त मेडिकलमा " उ " किन्न जादा हुन्छ । " उ " भनेको त बुझिहाल्नुभयो होला ।डाइरियाको ओखती भनेको क्या ।अब गतिलै मान्छे पर्यो भने त ठिकै...