एउटा सेलिब्रेटीको आत्मकथा (Comedy Content)
( तलको आत्मकथा
काल्पनिक हो ।)
सप्पैजनालाई नमस्कार छ है।मेरो नाम
चैँ डोलेमान । डोरेमन होइन क्या ।डोलेमान भनेको ।हुन त मेरो असली फ्यान्सहरूले त मलाई
चिनिहाल्नुहुन्छ होला ।नचिन्नेहरूले पनि चियामा चैँ चिनीहाल्नुहुन्छ होला ।
खास कुरा के भने पोहोरको साल त्यो टिकटकको
भिडियो देशैभरी भाइरल भयो ।भाइरल भिडियोले मलाई चर्चित त बनायो तर साथसाथै
स्वतन्त्रताबाट वर्जित पनि पो बनायो त ।अब हेर्नुहोस् न !बाटोमा सामान किन्न जाँदा पनि दश
चोटी सोच्नुपर्दछ, चस्मा र मार्क्स कता छ भनेर हतार-हतार खोज्नुपर्दछ ।
के गर्नु हजुर, श्रीमतीले एक किलो
दाल किन्न पठाउँदा पनि "डोले दाइ! डोले दाइ " भन्दै फ्यान्सहरू
झुम्मिन थाल्छन्, घर पुग्न ढिला हुन्छ अनि गृहमन्त्रीको हप्काई सुन्नुपर्छ " हैन ! एक किलो दाल ल्याउन
पनि यत्रो टाइम लाग्छ ? तपाईँको नियत ठीक लागेन है"
ए साँच्चै! दाल भन्दै गर्दा याद आयो
।हामीहरूलाई सबैभन्दा अप्ठ्यारो त मेडिकलमा "उ" किन्न जादा हुन्छ ।"उ" भनेको त बुझिहाल्नुभयो होला ।डाइरियाको ओखती भनेको क्या ।अब
गतिलै मान्छे पर्यो भने त ठिकै हो तर कुनै युट्युबे पत्रुकारको कानमा यो कुरा
पुग्यो भने भोलीपल्टै युट्युबमा राखिदिहाल्छन् "डोलेदाइलाई लाग्यो डाईरिया ।दिनमा कतिपटक चर्पी गए थाहा
पाउन तलको लिङ्कमा क्लिक हेर्नुहोस् ।"
अँ ।अनि अघि के भन्दै थिएँ रे ? अँ ।मार्क्स र
चस्माको कुरा ।अस्ति बाटोमा हिन्दा-हिन्दै छाता भाँच्चियो ।भाँच्चिएको छाताको डन्डीमात्र लिएर
कालो चस्मा लगाएर बाटो छेउमा बसिराखेको थिएँ ।अचानक एउटा मान्छेले मेरो हात समातेर
बाटो कटाइदियो अनि भन्यो " तपाईँ सानैदेखि दृष्टिविहिन हो कि पछि हुनुभएको ? "
"तेरो टाउको! म दृष्टिविहीन हैन
तेरो चैँ आँखा फुटेको रैछ ।" भन्न मन थियो तर भनिँन ।बिनासित्ति बाटो कटाइदिएकोले फेरी त्यही
बाटो काटेर फर्किनुपर्यो ।
बाटोमा यसरी हिन्दा अप्ठ्यारो पर्छ
भन्ने थाहा पाएर ब्रान्ड-एम्बेसेडर भएको नाताले एउटा ब्रान्डले मलाई कार उपहार दियो ।त्यही कारमा
घुमिरहँदा अचानक पानीपुरीको वास्ना आयो ।थपक्क उत्रिएँ ।तर अचम्म! आज कोहीपनि मसँग
झुम्मिन आएनन् ।किन यस्तो भो भनेर दङ्ग परिराखेको थिएँ यतिकैमा अलिपर डोजरको "घ्याँ" आवाज आयो ।हामी
भन्दा पनि डोजरको फ्यानबेस पो धेरै रहेछ त ।
सेलिब्रेटी भएपछि घरमा झुटो बोल्न पनि
नपाइने रहेछ ।अस्ति गलफ्रेन्ड भेट्नलाई बहाना बनाएर निस्केको थिएँ तर बजिया
पत्रुकारले " युट्युब
सेन्सेसन नेहासँग डोले दाइ ।कस्तो प्रगाढ प्रेमसम्बन्ध " भन्दै युट्युबमा
राख्न भ्याइहालेछ ।घर पुगेर रामधुलाई भेट्नुपर्यो नि।
हैन ? यो पत्रकारहरूको हामीले के खाइदेका छौँ हँ ? अस्ति एउटाले
अन्तर्वार्ता लिनको लागि फोन नम्बर मागेको थियो ।बजियाले दुनियाँलाई प्रियङ्का
कार्कीको नम्बर हो भनेर लगाइदिएछ ।अनि दिनमा पचास चोटी फोन आउन थाल्यो ।कहिले मिस्डकल
आउँछ कहिले ब्लफकल आउँछ अनि कहिलेचाहीँ "हाइ प्रियु डार्लिङ्ग" भन्दै फोन आउँछ ।यस्तै यस्तै पत्रकारहरूले गर्दा आफूलाई
हरेक महिना सिम चेन्ज गर्नुपर्छ ।
अरे यार ! सेलिब्रेटी ! सेलिब्रेटी ! के को सेलिब्रेटी ?
मलाई भन्दा माया गर आफ्नै चेलीबेटी ।
Comments
Post a Comment
Do comment the positive and negative aspects of the blog for further improvement and encouragement.