दशैँ
दशैँ – जति सानो शब्द छ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूका लागि त्यति नै ठूलो चाड हो यो । "दसैँ" भन्ने बित्तिकै तपाईँको मनमस्तिष्कमा के आउँछ ? आकाशमा उडिरहेको चँगा अनि हातमा समातिएको लट्टाई ।निधारमा टिका अनि कानमा जमरा । परिवारको जमघट अनि आफन्तजनको आशिर्वाद । सुनसान काठमाडौँ अनि उपत्यका बाहिर जान लागेको खचाखच बस ।बाँस गाडेर बनाएको लिङ्गे पिङ् अनि अरुको पालो मिच्दै चाचाहुइया गर्न तम्सिएका केटाकेटी ।
त्यस्तै मुग्लान चलचित्रको सदावहार गीत "दसैँ आयो" (https://www.youtube.com/watch?v=IGEZtIOLOMQ)र सशस्त्र प्रहरीद्वारा निर्मित मार्मिक गीत "राइफलको सिरानी" (https://www.youtube.com/watch?v=8l1G5ffyD6U) दसैँ नजिकिँदै गर्दा टेलिभिजनमा गुञ्जिन थाल्छन् ।
कलाकार नारायण त्रिपाठीले "दसैँ" टेलिफिल्ममा धेरैलाई झुक्याएका थिए । (https://www.youtube.com/watch?v=gxoJurl90tQ&t=178s)
मह संचारको "दसैँ" टेलिश्रृङ्खलामा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले तेह्रसयको कपडा डेढसयमा किन्न खोज्दा झगडै गरेका थिए ।(https://www.youtube.com/watch?v=OJVXQ5WXnpQ)
दसैँ आउने बेला टेलिभिजनमा प्रसारण हुने यस्ता कार्यक्रमले हामीभित्रै छुट्टै उर्जा भर्ने गर्दछ । अझ रेडियोमा बज्ने त्यो मङ्गलधुन सुन्दा रोम-रोम रोमाञ्चित हुन जान्छ । https://www.youtube.com/watch?v=rBX191GmDco
मलाई अझै याद छ ।सानो हुँदा दसैँ बिदामा पाएका ति गृहकार्यहरू । त्यसलाई जति सक्दो छिटो भ्याएर मामाघर जान हतारिएका हामी दाजुबहिनी । छिटो सकाउन खोज्दा सुन्निएका मेरा औँलाहरू जसको डाम अझैसम्म याद बनेर बसिरहेको छ ।
दसैँको बेला केटाकेटीहरूको लागि मामाघरको छुट्टै महत्त्व हुने गर्दछ । त्यस्तो महत्त्व नहुँदो हो त दस वर्ष अगाडिको त्यो फुच्चे "कृकौज"ले हातमा डाम बस्ने गरी होमवर्क भ्याउन तम्सिदैँन थियो होला । मामाघर पुगेपछि माइजुले खण्डेथालमा दालभात तरकारी राखिदिनुहुन्थ्यो अनि "भान्जाबाबु घिउ राखिदिउँ है" भन्दै टन्न घिउ हालिदिनुहुन्थ्यो ।भान्जालाई माया गरेर खाना थपिदिनुहुन्थियो । अनि भान्जाबाबुले धेरै चोटी नाइँ भन्न नसक्दा राती कागतीपानी खाएर वान्ता गरेको पनि हिजोअस्ति जस्तो लाग्छ ।
दसैँमा नयाँ लुगा सबैलाई चाहिन्छ । हुनेखाने मानिसहरूको लागि नयाँ लुगा किन्नु सपिङ्ग गर्नु सामान्य कुरा हो । तर एक छाकको जोहो गर्न समेत हम्मे-हम्मे पर्ने परिवारलाई नयाँ लुगा किन्न त्यति सहज हुँदैन ।
पल्लो घरको छिमेकीले उसको छोरोलाई नयाँ चस्मा किनिसक्दा आफ्नो श्रीमतीलाई एउटा साधारण कुर्था-सलवार सम्म किन्न नसक्दा श्रीमानको मन कटक्क खाँदो हो। उता छोराले "आज मासु खाम न बुवा" भन्दैछ सानी फुच्ची "पुइँ-पुइँ" गर्ने जुत्ता चाहियो भनेर रुदैँ छे । अब कसलाई कसरी सम्झाउनु कसरी बुझाउनु ?
दसैँको बेला धेरै परिवारमा यस्ता समस्या आइपर्छन् ।आफ्ना परिवारको इच्छा पुरा गर्न नसकेर मन खिन्न भइरहँदा छिमेकी र आफन्तहरूले झनै नुनचुक छरिदिँदा रहेछन् । त्यसैले ऋण गरेर होस् वा चोरी गरेर होस् उनीहरू आफ्नो परिवारको लोड-सेढिङ्ग परेको अनुहार उज्यालो बनाउन चेष्टा गर्दछन् ।
तर त्यसरी अरूले उक्साउँदैमा आफुले चपाउनै नसकिने हड्डी बल गरेर निल्न खोज्नु हुँदैन किनभने त्यो हड्डी घाँटीमै अड्क्यो भने प्राणै जान पनि सक्छ ।आफ्नो अवस्था जस्तो छ त्यसैमा सन्तुष्ट हुन सिकौँ । आफ्नो आयस्रोत केही छैन भने दसैँको बेलामा चिकेन र मटनमा पैसा वैरिएर अाफ्नो ढुकुटी किन रित्ताउनु पर्यो, सन्तोष मानेर खाए आफ्नै बारीको सागसब्जी नै कति मीठो लाग्छ नि । महाकवि देवकोटाले त्यसै भनेका थिएनन् "हातका मैला सुनका थैला के गर्नु धनले , साग र सिस्नु खाएको बेस आनन्दी मनले"।
दसैँमा धेरैजनाको घरमा हर्षोल्लास छाउँछ । कोही दसैँ आउनासाथ आफ्नो गाउँ गएर बा-आमाको हातको टिका लगाउँन पर्खिरहेका हुन्छन् । स्कुले ठिटाठिटीहरू लामो "भ्याकेसन" पाउँदा मख्ख पर्दछन्। कोही लामो यात्रा गर्ने तयारीमा हुन्छन् । सबै ठाउँमा रमाइलो छाइराख्दा केही परिवारहरू भने रमाउन सकेका हुँदैनन् ।कसैको बा-आमालाई वर्षौँ पहिले दसैँको मुखमा खोलाले बगाएर लगेको हुन्छ । कसैको श्रीमान दसैँ मनाउनकै लागि विदेशबाट फर्किन लाग्दा दुर्घटनामा परेर बाकसमा फर्किएका हुन्छन् ।
दसैँमा फर्किने आश्वासन दिदैँ बा-आमाको आशीर्वाद थापेर विदेशतिर लागेको छोरा आजसम्म फर्केको छैन।"छोटो बाटो पर्छ" भन्दै जङ्गलको बाटोबाट जाँदा बिच जङ्गलमा प्रहरी र माओवादीबिचको झडपमा परेर छोरालाई बन्दुकको गोली लागेर लड्यो , लडेकै ठाउँमा उसले देह-त्याग गर्यो । त्यहाँ उसको मृतशरिर कुहिएर सडिसक्यो तर आमालाई केही अत्तोपत्तो छैन । अझै पनि छोरा फर्किन्छ कि भन्ने आश बोकेर दसैँभरी घर बाहिर हेरिरहन्छिन् उनी,तल डेरामा बस्ने मानिसहरूले घरको घन्टी बजाउँदा समेत केही नसोची हातमा पुजाको थाली बोकेर "छोरा आएजस्तो छ" भन्दै गेट खोल्न तम्सिन्छिन् , पतिले "आफुलाई सम्हाल बुढी"भनेपछि पुजाको थाली भुईँमै खसाल्छिन् अनि भक्कानिँदै रुन थाल्छिन् "दशैँ नै हो कि यो मेरा दशा फर्की आएको ? "https://www.youtube.com/watch?v=7oPtDa9q3w0

Comments
Post a Comment
Do comment the positive and negative aspects of the blog for further improvement and encouragement.