बाबा - अ कन्फेसन

छोरो आइ.सी.युमा भर्ना छ । आइ.सी.युको ढोका थोरै खुल्ला छ ।ढोका बाहिर बसिरहँदा त्यो खुल्ला भागबाट छोरा बेहोस अवस्थामा रहेको प्रष्ट देखिन्छ । छोरालाई कतिखेर होस आउँछ डाक्टरले भन्न सकेका छैनन् । यतिकैमा फोनको घण्टी बज्छ । टुङ्ग टुङ्ग टुङ्ग । उहाँले फोन झिक्नुहुन्छ । इन्डियाबाट छोरीको फोन आएको रहेछ ।
" हेल्लो "
" हेल्लो बाबा ह्याप्पी बर्थ डे । के गर्दै हुनुहुन्छ ? "
" अँ ….. "
बोल्न आँट्दा आँट्दै छोरीले भन्छे " हजुरलाई त त्यहाँ पुरा मोज होला है । दादाले मिठाई सिठाई के के ल्याको होला । मामू पनि त्यहाँ हासेर बसिराख्नु भएको होला । "
" हो नानू हो ( रुन मन लागे पनि मन थाम्दै ) यहाँ दादाले ( आइसियुको ढोकाको खुल्ला भागबाट बिरामी बाबुलाई चियाउँदै ) बाबालाई मन पर्ने चकलेट केक ( आँखाबाट आँसु खसाल्दै ) ल्याएको रहेछ । त्यहीँ खाँदै छौँ । ( आँसु पुछ्दै र छोरीले बुवा रोएको थाहा नपाओस् भनेर हाँस्न खोज्दै ) अनि मामू पनि यहीँ थिई । भर्खर बाथरुम पसी क्यार । "
" अनि बाबा उसो भा दादालाई फोन दिनुन् । "
( टार्न खोज्दै ) " अनि नानू तिम्रो पढाइ कस्तो हुँदैछ ? "
" राम्रै भइरा'छ बाबा "
" ल नानू अब ब्यालेन्स सकिन लागेको होला राख्छु ल । अनि सुनत दादाको फोनमा अलिकति समस्या आइरहेको छ । अलि दिन मेरैमा कल गर ल । ल राखे है बाइ ।"
नानूलाई दादा बिरामी छ, होसमा छैन भन्यो भने चिन्ता पर्ला र पढाइ बिग्रेला भनेर मेरो बाबाले झुटो बोल्नुभयो । नानूले " हजुरलाई त पुरा मोज होला है " भनेको सम्झेर पाँच मिनेट सम्म आँसु बहाउनुभयो । छेवैमा बिरामी कुरूवा साथी बस्नुभएको मेरो काकाले सान्त्त्वना दिएपछी बल्ल आँसु रोकियो ।
 बाबा ! हामीले त हजुरलाई धेरै दु:ख दियौँ होला तर हजुरले कहिल्यै देखाउनुभएन । यस्तो ( माथिको जस्तो घटनाहरू ) सधैँ हामीले द्वितिय माध्यमबाट मात्रै थाहा पाउनु पर्यो । तलको फोटोमा भए जस्तो पालो पालो गरेर बाख्रा चढेको हिजो मात्र जस्तो लाग्छ । 

एउटा सानो बच्चामा " यो के हो ? यस्तो कसरी हुन्छ ? " जस्ता प्रश्न हुनु, उत्सुकता हुनु स्वभाविकै हो तर हरेक प्रश्नको उत्तर आफूसँग नहुन सक्छ र कुनै कुनै प्रश्नको उत्तर सानो उमेरमै दिन अनुपयुक्त पनि हुन सक्छ । हामी ( दादा र बहिनी ) ले यस्ता प्रश्नहरू गर्दा तपाईँले सधैँ " टेन क्लास पुगेपछि थाहा पाउँछौ " भन्नुहुन्थ्यो । ति प्रश्नमध्ये केहीका उत्तर टेनमै पाइयो , कुनैको उत्तर बाह्र पछि पाइयो तर केही प्रश्नहरू अझै अनुत्तरित छन् ।

हजुरको धेरै कुराहरूलाई हावा भनेर उडाइयो । तर त्यसरी नै हावा भनिएको भारतिय राजदूतावासको "स्कलसिप नोटिस" ले मलाई "ए.पि.एस. पिथौरागढ" पुर्याइदियो , होस्टेल लाइफ अनूभुत मात्र गराएन दुइ वर्षपछि फर्केर आउदा स्कुल टपर सम्म बनाइदियो । 

दुइ वर्षको कलिलो उमेरमा "मायोक्लिनिक एस्टाटिक इपिलेप्सी" लागेर थला परेको छोरालाई उपचारको लागि एउटा नामी अस्पतालमा लगेता पनि त्यहाँको डाक्टरहरूले विभिन्न औषधी पटकपटक प्रयोग गर्दा पनि केही सुधार नभएपछि डाक्टरहरूसँग " यो तपाइँको पेसेन्ट हो कुनै एक्सपेरीमेन्ट गर्नलाई मैले दिएको कुनै कठपुतली होइन , बुझ्नुभो ? " भनेर मेरो अधिकारको लागि सदैव लडिरहने तपाइँलाई " वर्ल्ड्स बेस्टेस्ट बाबा " भनेर त म भन्दिन किनभने "बेस्टेस्ट" भन्ने शब्द अक्सफोर्ड डिक्सनरी मा नै छैन । पहाडको टाकुरामा उभिएर ठूलो स्वरले चिच्याउन मन छ "मलाई बाबाको माया धेरै लाग्छ रे
https://www.youtube.com/watch?v=E0Ve-JcAnOw
Baba - A confession

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )