मेरो देश नेपाल

मेरो देश नेपाल यो हेर न कति सुन्दर ।
गण्डकी, कोशी, कर्णाली बग्दछन् निरन्तर ।।
सगरमाथाको देशमा छन् अग्ला अग्ला पर्वत ।
उतरमा चीन अनि दक्षिणमा छ भारत ।।

सौन्दर्यको खानी देश यो पहाडले सिँगारिएको ।
सेतो हिउँ टलक्क  टल्कँदा हिमाल मुस्कुराएको ।।
तराईको अन्न अनि चारकोसे झाडी त्यो ।
यो देशको सुन्दरता त अगण्य रहेछ ओहो ।।

कलकल बग्ने खोला अनि  छँगछँग गर्ने झरना ।
वसन्तको हरियालीमा कोइलीको त्यो वेदना ।।
काँडे भ्याकुर हो एक चरा नेपालमा मात्र पाइने ।
सन्तोष मानी मजासित ढिँडो गुन्द्रुक खाइने   ।।

जलश्रोतको दोश्रो धनी राष्ट्र हो यो नेपाल ।
पोखराको फेवाताल त्यो कोशी कर्णाली विशाल ।।
कृष्णमन्दिर न्यातपोल  र वसन्तपुरको  दरबार ।
चितवनको निकुञ्जमा पशुपन्छीको घरबार ।।

गौतम बुद्ध जन्मिएथे यही सुन्दर देशमा ।
चारजात र छत्तिस वर्ण आफ्ना आफ्नै भेषमा ।। 
सिता अनि भृकुटी हुन् हाम्रो देशको गौरव ।
पासांगल्हामुको साहस अघि हुन्छन् सबै नीरव ।।

कलासंस्कृतिको देश यो अरनिको जन्माउँछ ।  
अमरसिंह र बलभद्रको गाथा जुन छ फिजाउँछ ।।
विर गोर्खाली  हौँ हामी जित्दछौँ यस  संसार ।
जति हण्डर खाएपनि मान्दैनौ कहिल्यै हार ।।


Mero desh Nepal

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )