Life Lesson

मेरो हालसम्मको जीवन पढाइमै गएको थियो

र जाँदै छ पनि, अझै पनि,

किनकि म पढ्दै छु जीन्दगीका पानाहरू, 

पल्टाउँदै छु केही अध्याय,

केही अध्याय मनका, केही अध्याय रहनसहनका

केही अध्याय व्यवहारका, केही अध्याय  व्यवस्थाका

यी अध्यायहरूका बिचमा रुमलिएको म

सम्झिन्छु मेरो अतितलाई 

अनि सोच्छु कि

विज्ञानको विद्यार्थी अचानक जीवनविज्ञानको विद्यार्थी भयो कसरी ?

भनिन्छ कि सबैभन्दा कठिन विषय गणित हो । 

तर म भन्छु सबैभन्दा कठिन विषय जीवन हो 

गणितका हिसाब समाधान गर्न एउटा विधि हुन्छ 

तर जीवनमा विभिन्न मानिसको परिधि हुन्छ

केेहीको सपना आफुसँगै हिन्न, धेरैको भने आफुलाई उछिन्न, 

मानिसलाई बुझ्न जति खोजेपनि पुरै कहिल्यै बुझिँदै बुझिन्न, 

बुझ्ने मान्छे समेत कुन बेला बदलिन्छ  भन्ने कुनै तुक हुँदैन, 

भित्री मनलाई छर्लङ्ग दर्शाउने मानिसको बाहिरी लुक हुँदैन, 

जीवनका यी यस्ता अध्यायहरूका बिचमा रुमलिएको म

सम्झिन्छु मेरो अतितलाई

अनि सोच्छु कि

ईन्जिनियरिङको विद्यार्थी अचानक साइकोलोजीको विद्यार्थी भयो कसरी ? 

गणितका हिसाब सोल्भ गर्दै बस्ने म जीन्दगीको समस्या सोल्भ गर्नेमा लागेँ कसरी ?

Comments

Popular posts from this blog

नेपाली टाइम ( Nepali Time )

भूतसँगको अन्तर्वार्ता (Horror Comedy)