रवाफ

छाउनीको बाहिटी टोलको सोफिया स्टोर्स अगाडि एउटा ज्याङ्गो तगडो मानिसको आगमन हुन्छ । च्यातिएको पाइन्ट,पाइन्ट बाहिर निकालिएको रातो सर्ट, हातमा ट्याटु अनि पछाडि फर्किएको क्याप उनको आवरणको पहिचान हो ।उनी पसल अगाडि टक्क रोकिन्छन् अनि लरबराउँदै बोल्न थाल्छन्:
"दा.. दाइ मलाई ए… एउटा हदमोला दिनु न ला….लातो वाला"
त्यस व्यक्तिको लवाई र हिडाइँ अघिदेखि नै नियालिरहेका दुइटी केटी गललल हाँस्न थाल्छन् " सुकेको जिउमा लुकेको बल भन्थे याँ त फुकेको जिउमा सुकेको बल रैछ "
उनको आवाजको कारण उनी एक उपहासको पात्र बन्न बाध्य हुन्छन् । तर अस्पष्ट आवाजको रूपमा रहेको उनको छिद्रतालाई ढाकछोप गर्न उनी अल्लारे पहिरनमा सजिएको ति केटीहरूले बुझ्न सकेनन् ।
निर्धोलाई खिस्याउने र बलवानलाई झनै बढुवा दिन खोज्ने प्रवृत्तिले गर्दा मानिसहरू आफ्ना भित्री वेदना अरूमाथि प्रस्तुत गर्न चाहदैँनन बरु बढाईँचढाईँ गरेर भएपनि आफ्नो सुखसयल जिन्दगीको वर्णन गर्ने तथा धनसम्पत्ति र पौरखको रवाफ देखाउने अभिलाषा राख्दछन् ।
अङ्ग्रेजीमा एउटा भनाइ छ :
डन्ट जज अ बुक बाइ इट्स कभर ।
डन्ट जज हर लुक बाइ हर लभर ।।
बाहिर जे जस्तो देखिएपनि भित्रि क्षमता तथा अन्तरमनका कुरा त्यसै थाहा पाउन सकिँदैन । त्यसैले गर्दा आफ्नो गत जे-जस्तो भएपनि बाहिरी दुनियाँको अगाडि बेग्लै शान देखाउने सिप आजको समाजले राम्ररी जानेको छ ।
"उ त्यो परको सेतो घर छ नि ।मैले अस्तिभर्खर किनेको ।" भाटभटेनी सुपरमार्केट तर्फ ईँकित गर्दै संयुक्त यातायातको एक यात्रु हचुवामा फुर्ति लगाउँदैछन् ।
सन्चै हुनुहुन्छ ? भनी सोध्दा मात्रै मास्ला घरे काकी सुनाउँछिन् " मेरो त ठिकै छ बा । छोरोको पनि निको छ रे ।छोराबुहारी दुवै अमरिकाको डल्ला कि के जाति ठाउँमा घर बनाएर बसेका छन्। हामीलाई अर्को वर्ष लाने अरे ।"
त्यस्तै कोही मानिसहरू ठूलाबडा भनिएका नेता मन्त्री तथा सेलिब्रेटीसँगको चिनजान र नाताको पनि धाक लगाउँछन् ।
" ओइ था'छ ? त्यो विपिन कार्की छन् नि । भष्मे डन क्या त ! हो उहाँ त मेरो मामाको छोरा हो नि । " निलेशले रमेशलाई सुनाउँछ ।
" बढी गफ नलगा त " रमेश कड्किन्छ ।
" नपत्याए फोटो हेर त इ यो । मलाई अङ्कमाल गरेका छन् । तलको फोटो हेर त " निलेशले फोटो देखाएपछि रमेश अक्क न बक्क पर्दछ ।
तर यसरी अरूको नाम जोडेर आफ्नो रबाफ देखाउनुको सट्टा आफ्नै अलग पहिचान बनाऔँ न । फलानोको छोरा । फलानोको बाबु हुनभन्दा हामी फलानोमात्र बन्ने कोसिस गरौँ । फलानो देशको प्रधानमन्त्री फलानो । फलानो संस्थाको अध्यक्ष फलानो ।अथवा बस् - फलानो ।
धनसम्पत्ति र नातागतको रबाफसँगै हाम्रो समाजमा सुन्दरताको रवाफ(विशेेषगरी महिलाहरूमा) पनि प्रचलित छ । रवाफ देखाउन नमिल्ने भए दुख्ने गरी छेडेर कानको लोतीमा झुम्का र नाकको डिलमा फूली कसैले झुन्ड्याउने थिएनन् होला । त्यस्तै गरी अप्ठ्यारो र अग्लो हिलसुज पनि रवाफका सुचक हुन् ।
एकदिन मेरी बहिनीको पैतालाको हेन्डीप्लास्टमा मेरो नजर गयो । कसरी घाउ भयो भनी सोध्दा चप्पलले अरे । मैले प्रतिप्रश्न गरेँ " किन लाउन पर्यो त त्यस्तो जुत्ता ।अलि सजिलो किन्न पर्दैन ? "
" ड्रेसिङ्ग सेन्स हो क्या । तिमी बुझ्दैनौ ।" उताबाट जवाफ आयो ।
"ह्या यो ड्रेस कसरी लाउनु के, अस्ति पार्टीमा यही लाएर गको फोटो इन्सटाग्राममा राखिसकेँ । " अन्जना अाफ्नी अामासँग बाझ्न थाल्छिन् ।
रवाफले केही मानिसलाई उन्मत्त पनि बनाएको छ, केहीलाई टाउकामा चढाएको छ त कसैलाई भुईँमा न भाँडामा पनि बनाएको छ ।
गरिब परिवारबाट आएकी एक भारतीय गायिका पछिल्लो समयमा आफ्नो गीतले चर्चा पाएसँगै सर्वसाधारणलाई गन्नै छाडेकी छिन् अरे, भेट्न आउने मानिसहरू तथा फ्यान्सलाई तुच्छ व्यवहार गर्न थालेकी छिन् अरे ।
आलु खाएर पेडाको धाक देखाउने । कागतीको अचार खाएर भोगटेको फुर्ति लगाउने । गल्ली क्रिकेट खेलेर विश्वकपमा भाग लिएको धाक लगाउने मानिसहरूको भिँडमा केही यस्ता व्यक्तित्व छन् जो आफुसँग रहेको अगाध सम्पत्तिको फुईँ कहिल्यै लगाउँदैनन् । फेसबुकका फाउन्डर तथा सबैभन्दा कान्छा अरबपति मार्क जुकर्बर्ग जुनसुकै समारोह वा गोष्ठीमा जानुपर्दा साधारण टि-सर्ट र पाइन्टमा देखा पर्दछन् ।
हातमा पैसापैसा अथवा गोजीमा क्रेडिट कार्ड भए महङ्गो लुगा लगाउन, आलिसान कारमा डुल्न र ठूलो अपार्टमेन्टमा एसी अन गरेर बस्न सबैलाई रहर हुन्छ । तर आफूले आर्जन गरेको सम्पत्ति आफ्नो मनोरञ्जनमा खर्चन छोडेर गरिब दु:खीलाई दान गर्ने विरलै भेटिन्छन् । तर त्यस्ता मानिसहरू यस संसारबाट लुप्त भइसकेका भने छैनन्।
प्रसिद्ध कलाकरद्वय धुर्मुस-सुन्तलीले चाहेका भए मान्छे हसाएँरै पेट पाल्न सक्थे । तर अनेकौँ जन्जालमा परेर आफैँ ढुँगामाटो ओसारेर सुकुलमा बसेर खाना खाँदै रँगशाला बनाउन किन तम्सिएका होलान् ? किनभने धनसम्पत्तिले उनीहरूलाई लोभ्याउन सकेन । उनीहरूको जीवन एउटा मुलमन्त्रमा अडेको छ " सादा जीवन उच्च विचार "
https://www.youtube.com/watch?v=5GGvcoE61SY
Rawaf

Comments

  1. अहिलेको समाजको तठस्त स्वरुप ������

    ReplyDelete

Post a Comment

Do comment the positive and negative aspects of the blog for further improvement and encouragement.

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )