टिपिकल नेपाली बानी ( Typical Nepali Habits )
(तलको लेख काल्पनिक हो ।)
नमस्ते! मेरो नाम माइकल हो ।तर नेपालीहरूले मलाई माया गरेर माइकालाल भनेर बोलाउँछन् । लकडाउनमा बस्दा-बस्दै मैले नेपाली भाषा सिक्ने मौका पायो ।सो, आज म नेपाल र नेपालीहरूको बारेमा जानेका कुराहरू सुनाउँदै छु ।हल्ला नगरी सुनिदिनुस् है त ।
1) Crowding
हाम्रो देशमा बिच बाटोमा बम भेटायो भने मान्छे टाढा टाढा भाग्छन्, तर यहाँ नेपालमा कतै बम भेट्टियो भने बम कस्तो रैछ हेर्नलाई वरिपरी गोलो घेरा बनाएर बस्दा रैछन् । अझ कसैकसैले त झन कुकर बमनै उठाएर भात पकाउन लग्दा रैछन् ।
2) Formality
नेपालीहरू जसले जतिखेर जसलाई भेट्दा पनि "खाजा खानु भयो?" , "खाना खानु भयो ? " भनेर सोध्दा रैछन् ।एकदिन बेस्सरी भोक लागेको बेला एकजनाले यस्तै सोध्नुभयो ।मैले "छैन" भन्यो तर उहाँ "ए हस् त" भन्दै जानुभयो ।त्यसरी सोधेपछि खाना खान बोलाउँनु हुन्छ होला भनेको त यस्तो प्रश्न त सोध्ने मात्रै पो रैछ । भोको पेट नै लखरलखर हिन्नु पर्यो नि ।
3) Lightning
काठमाडौँमा बस्दा एकदिन मेरा गाइडले भनेका थिए "आज पानी पर्ला जस्तो छ ।गड्याङ्ग-गुडुङ्ग गर्यो भने टिभी कम्प्युटर घरमा जे जे छ सबै बन्द गर्नु ल।" मैले पनि त्यसै गर्यो ।गड्याङ्ग गुडुङ्ग गर्नासाथ मैले टिभी बन्द गर्यो, मोबाइल बन्द गर्यो, भित्ते घडी र क्यालकुलेटर बन्द गर्यो, इलेक्ट्रीक बल्ब र ग्यासको भल्भ,धाराको टुटी,बाहिरको गेट अनि कोठाको ढोका सबै बन्द गर्यो ।पछि पो थाहा भो त यति सम्मको त बन्द नगर्दा नि हुने रैछ भनेर ।
4) Superstition
नेपालमा आँखा फरफराउँदा शुभ समाचार आउँछ भन्दा रैछन्, हात चिलाउँदा पैसा कमाउँछ भन्दा रैछन्।तर हाम्रो अमेरिकातिर हात चिलाउँदा के भन्छन् थाहा छ ? हाम्रो तिर हात चिलायो भने " Go Wash your hands " भन्छन् ।
5) Roads
नेपाल कृषिप्रधान देश भएकोले होला सिँचाई प्रोजेक्ट एकदमै फस्टाएको रैछ ।यहाँको क्यापिटल काठमाडौँमा मनसुन सिजनमा यति धेरै सिँचाइ हुँदो रैछ कि पिच बाटोको बिचमा समेत धान रोप्न मिल्ने रैछ ।
6) Protest
हाम्रो यु.एस. तिर कोही मान्छे रिसायो भने कसैसँग नबोलीकन, दिनभरी ठुँस्स परेर बस्ने गर्छन् तर नेपालीहरूलाई कसैसँग रिसउठ्यो भने बिच सडकमा गएर आगो ताप्दा रैछन् ।त्यो पनि टायर बालेर अनि पुत्ला जलाएर ।
7) Religion( With Hindu Majority )
नेपालीहरू नदीलाई गंगा मान्दा रैछन्, किताबलाई सरस्वती मान्दा रैछन् । बुवा-आमा पनि भगवानकै रूप हुन् भन्दा रैछन् । यिनीहरू जे को पनि पूजा गर्छन् ।तर भित्री मनबाट भने पूजा गर्दैनन रैछन् ।भित्री मनबाट पूजा गर्ने गरेको भए नेपालका नदीनाला आज फोहोर हुँदैनन् थिए, वृद्ध-आश्रमहरू आज रित्तै हुनेे थिए, मानिसलाई कुमार्गमा हिँड्नबाट रोक्नका लागि एउटा गीता पढाइदिए मजाले पुगिहाल्ने थियो ।
8) Nepotism + Corruption
नेपालीहरू देश बेच्यो भनेर नेतालाई गाली गर्छन् तर आफू चैँ मासु र रक्सीमै बिक्दा रैछन्।आफ्नो मान्छे भएपछि आत्तेपात्ते जसलाई पनि भोट गर्दा रैछन् ।कुनै कम्पिटिसनमा पनि आफ्नो मान्छे जाँदा आँखा चिम्लेर भोट गर्दा रैछन्, अरू प्रतिस्पर्धीको Performance कस्तो छ विचारै गर्दैनन् रैछन् ।
9) Life-Hacks
नेपालमा बस्दा मैले टिभी रिमोटको ब्याट्री टोक्दै र हातमा ड्याङ-ड्याङ ठोक्दै एक महिनासम्म चलाउन सिक्यो, टुथपेस्टलाई काटेर अझै पन्ध्र दिन चलाउन सिक्यो ।
नेपालले मलाई त धेरै सिकायो तर यस लेखमार्फत मैले नेपालीहरूलाई केही सिकाउन पायो कि पाएन त्यो त अब राम जाने ।
राम जाने अब राम जाने ।
लकडाउन सकिएछि हामी आफ्नो देश जाने ।।
![]() |
Dami bro
ReplyDeleteThank you bro. Tara maile bro lai chinina ta 😊
Delete