रक्तदान जीवनदान (Blood Donation)

(तलको लेख काल्पनिक हो ।)
नमस्ते! मेरो नाम रक्तलाल दुलाल ।नाममै दुई-दुईवटा लाल झुन्डिएकोले होला रातो रङ्गसँग मेरो विशेष लगाव छ ।

चाहे त्यो उ बेला लालगढमा लालटिनको उज्यालोमा पढ्दाको क्षण होस् अथवा बाको पैसा चोरेर लालमोहन किन्न जाँदा गाला रातैै हुने गरी बा को झापड भेटेको दिन होस् ।एउटा दलालको चक्करमा लालपुर्जा थुपार्न लालयित हुँदा एकताल झन्डैले हलाल हुनुपर्यो ! त्यस दिनदेखि रातो रङ्गप्रतिको मेरो विश्वास उड्यो । रातो रङ्ग र विशेषत: रगतको दृश्यदेखि भय उत्पन्न हुन थाल्यो ।

पाँच वर्ष अगाडिको कुरा हो । काठमाडौँको माइतीघरमा एउटा खुल्ला शिविर आयोजना भएको रहेछ ।त्यहाँ पस्दा बक्साभरी फलफूल,जुस र अन्डाहरू राखिएको देखियो ।
"कति रूपैयाँ पर्छ दाइ यसको?" मैले सोधेँ ।

" पैसा पर्दैन ।नाम टिपाएर उ त्यता जाउ अनि सित्तैमा पाइन्छ ।" छेउको काले दाइले भने ।

आफ्नो नाम टिपाएर छेउको बाङ्गे कुर्सीमा अडेसो लागेँ ।एकैछिनमा घाँटीमा सास नाप्ने तार झुन्डाउँदै एउटी नर्स आइपुगिन् ।

नर्स: अनि तपाईँ तयार हुनुहुन्छ त ?
: अँ ।एकदमै तयार छु ।तर…. के को लागि पो ?

नर्स: शरिरबाट रगत निकाल्नको लागि ।
: अपुई! मेरो रगत निकालेर म चैँ कसरी बाँच्ने नि ?

नर्स: पुरै निकाल्ने हैन नि ।एक पिन्ट रगत निकाल्ने हो ।तयार हुनुहुन्छ ?

म आत्तिसकेको थिएँ ।यसै त रगत देख्नासाथ डर लाग्छ ।आफ्नै रगत कसरी दिनु।त्यसैले हत्तपत्त भनिहालेँ " ए सिस्टर बहिनी! मेरो हातमा ट्याटु छ ।रक्तदान गर्न मिल्ला र ?

नर्स: खै हेरुम त ।हरे यो त चुइगमको स्टिकर पो रहेछ ।यस्लेे  केही हुन्न नि ।

: अनि सिस्टर बहिनी! रक्तदान गर्दा मलाई के फाइदा हुन्छ त ?

नर्स: धेरै फाइदा हुन्छ नि ।तपाईँको शरिरमा नयाँ रगत उत्पन्न हुन्छ । अनि त्यस्तै गरी तपाईको शरिरमा आइरन धेरै जम्मा भएको छ भने रगत निकाल्दा अत्याधिक आइरनको मात्रा घटेर नर्मल मात्रामा रहन्छ ।

: उसोभए सिस्टर बहिनी! म मेरो रगत दिन्छु तर त्यो आइरन चैँ फिर्ता गरिदिनुस् है ।घरको गेट बनाउनु छ ।
नर्स: यो घरको गेट बनाउने आइरन हैन नि सर! यो त एउटा मिनरल हो ।

: मिनरल वाटर ?
नर्स: वाटर हैन सर । मिनरल मात्रै ।शरिरमा चाहिने एउटा तत्त्व हो ।

: अनि अरू के फाइदा हुन्छ सिस्टर बहिनी ?
नर्स: तपाईँको ब्लड ग्रुप रेयर रैछ ।तपाईँको रगतले कुनै दुर्घटनामा परेको मानिसको ज्यान बचाउन सक्छ ।ब्लड बैँकमा राख्दा पछि तपाईँलाई नै यो काम लाग्न सक्छ ।

: अनि सिस्टर बहिनी यो ब्लड बैँकमा राखेर पछि निकाल्दा ब्याज कति पाइन्छ नि ?
नर्स: कुनै दुर्घटनामा परेर जीवन र मृत्युको मुखमा झुन्डिरहँदा जीवन दान पाउनुहुन्छ ।यो भन्दा बढी ब्याज के चाहियो र !

: ए हो त है ।तर छ नि सिस्टर बहिनी ।मलाई रगत झिक्न, सुई लगाउन एकदमै डर लाग्छ, के गर्ने होला ?
नर्स: तपाईँ आँखा बन्द गर्नुहोस् न ।तपाईँलाई पत्तै हुदैँन ।

र त्यस दिन मेरो पहिलो रक्तदान भयो ।आज पाँच वर्षपछि नारायण गोपालचोकमा मलाई बाइकले ठक्कर हानेर लहुलुहान बनाउँदा त्यही रगतको कारण मैले पुनर्जीवन पाएँ ।

योद्धाको वीरता र शहिदको बलिदानको प्रतिक हो रगत ।मानिसको शरिरको आधारशिला हो रगत ।तपाईँको एकदिनको रक्तदानले तीनजनाको ज्यान बचाउन सक्छ ।अत:
रक्तदान गरी गरौँ जीवनदान ।
https://youtu.be/3UadSi7_8BE
Blood Donation



Comments

  1. Replies
    1. Thank you . New topic with new context coming soon. Keep supporting.

      Delete

Post a Comment

Do comment the positive and negative aspects of the blog for further improvement and encouragement.

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )