भूतसँगको अन्तर्वार्ता सुरूहुन अघि (Intro Blog)

( तलको लेख काल्पनिक हो ।)
नमस्कार म फटाहा पत्रकार फतौरे ।म तपाईँहरूलाई एउटा सानो घटना सुनाउन गइरहेको छु ।सुन्नुहोस् मेरै आवाजमा :

कोरोना! कोरोना! कोरोना! आ मेरो त टाउकै दुखिसक्यो ।नयाँ समाचार दिन नसकेको पनि जमाना भइसक्यो ।यस्तै ताल हो भने गर्जो टार्न पनि गाह्रो पर्छ ।

अँ.......उसोभए एउटा बनावटी समाचार लेखेर गोरखापत्रमा पठाउनु पर्यो ।सम्पादकलाई कमिसन दिएर भए पनि छाप्न लगाउनु पर्यो ।अलिअलि भएपनि पैसो त आउँछ ।

"ह्या! कति गनगन गर्नुभएको ।थपक्क सुत्न छाडेर ।" ओछ्यानमा  मेरै छेउमा सुतिरहेकी श्रीमतीले भन्छे ।

अँ बरू अहिले सुत्नुपर्यो ।भोली बिहानै उठेर बनावटी समाचार लेख्न थाल्नुपर्यो ।बेडस्विचलाई फ्याट्ट बन्द गर्दै मैले आँखा बन्द गरेँ ।

"घुरघुरे काँचो! "राम्ररी निदाउन नपाउँदै कानछेउमा अनौठो आवाज गुञ्जन थाल्यो "घुरघुरे काँचो ।समाचार खाँचो ।घुरघुरे काँचो ।हुट हुट ।"

" को हँ " अलि थरथराउँदै भएपनि मैले प्रश्न सोधेँ ।

" हामी भुत हो ।भुत छ भनेर मानिसले पत्याउनै छाडिसके, हामीदेखि डराउनै छाडिसके, हामीलाई गन्नै छाडिसके ।लौ न फतौरे भाइ ।तिमीले हाम्रो मद्दत गर्नुपर्यो ।"

"कस्तो मद्दत?" उत्सुकतापूर्वक मैले प्रश्न तेर्साएँ ।

" तिमीले हाम्रो इन्टर्भ्यु लिएर समाचार बनाउनुपर्यो ।हाम्रो अस्तित्वलाई तिम्रो मिडियामार्फत प्रमाणित गर्नुपर्यो ।"

" वाउ! गुड आइडिया! " खुशीले व्याकुल हुँदै मैले भनेँ ।यस्तो रमाइलो कन्टेन्ट भएपछि त मेरो समाचार करोडौँमा बिक्नेछ ।आजसम्म कुनै पत्रकारले गर्न नसकेको काम गर्न पाउँदा ममा छुट्टै उमङ्ग छायो ।

दुईजना भूतजीहरूले मलाई उनीहरूको भूत-बँगालामा लगे ।मैले प्रश्न सोध्न थालेँ ।
.........
भूतसँगको अन्तर्वार्ता अर्को साता यसै ब्लगमार्फत तलक‍ो लिङ्कमा प्रकाशित  गरिनेछ ।
https://krickoach.blogspot.com/2020/04/horror-comedy.html
Horror Comedy, Interview with Ghost



Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )