दशैँ

दशैँ – जति सानो शब्द छ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूका लागि त्यति नै ठूलो चाड हो यो । "दसैँ" भन्ने बित्तिकै तपाईँको मनमस्तिष्कमा के आउँछ ? आकाशमा उडिरहेको चँगा अनि हातमा समातिएको लट्टाई ।निधारमा टिका अनि कानमा जमरा । परिवारको जमघट अनि आफन्तजनको आशिर्वाद । सुनसान काठमाडौँ अनि उपत्यका बाहिर जान लागेको खचाखच बस ।बाँस गाडेर बनाएको लिङ्गे पिङ् अनि अरुको पालो मिच्दै चाचाहुइया गर्न तम्सिएका केटाकेटी । त्यस्तै मुग्लान चलचित्रको सदावहार गीत "दसैँ आयो" ( https://www.youtube.com/watch?v=IGEZtIOLOMQ )र सशस्त्र प्रहरीद्वारा निर्मित मार्मिक गीत "राइफलको सिरानी" ( https://www.youtube.com/watch?v=8l1G5ffyD6U ) दसैँ नजिकिँदै गर्दा टेलिभिजनमा गुञ्जिन थाल्छन् । कलाकार नारायण त्रिपाठीले "दसैँ" टेलिफिल्ममा धेरैलाई झुक्याएका थिए । ( https://www.youtube.com/watch?v=gxoJurl90tQ&t=178s ) मह संचारको "दसैँ" टेलिश्रृङ्खलामा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले तेह्रसयको कपडा डेढसयमा किन्न खोज्दा झगडै गरेका थिए ।( https://www.youtube.com/watch?v=OJVX...