टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

(तलको लेख काल्पनिक हो ।) नमस्ते! मेरो नाम माइकल हो ।तर नेपालीहरूले मलाई माया गरेर माइकालाल भनेर बोलाउँछन् । लकडाउनमा बस्दा-बस्दै मैले नेपाली भाषा सिक्ने मौका पायो ।सो, आज म नेपाल र नेपालीहरूको बारेमा जानेका कुराहरू सुनाउँदै छु ।हल्ला नगरी सुनिदिनुस् है त । 1) Crowding हाम्रो देशमा बिच बाटोमा बम भेटायो भने मान्छे टाढा टाढा भाग्छन्, तर यहाँ नेपालमा कतै बम भेट्टियो भने बम कस्तो रैछ हेर्नलाई वरिपरी गोलो घेरा बनाएर बस्दा रैछन् । अझ कसैकसैले त झन कुकर बमनै उठाएर भात पकाउन लग्दा रैछन् । 2) Formality नेपालीहरू जसले जतिखेर जसलाई भेट्दा पनि "खाजा खानु भयो?" , "खाना खानु भयो ? " भनेर सोध्दा रैछन् ।एकदिन बेस्सरी भोक लागेको बेला एकजनाले यस्तै सोध्नुभयो ।मैले "छैन" भन्यो तर उहाँ "ए हस् त" भन्दै जानुभयो ।त्यसरी सोधेपछि खाना खान बोलाउँनु हुन्छ होला भनेको त यस्तो प्रश्न त सोध्ने मात्रै पो रैछ । भोको पेट नै लखरलखर हिन्नु पर्यो नि । 3) Lightning काठमाडौँमा बस्दा एकदिन मेरा गाइडले भनेका थिए "आज पानी पर्ला जस्तो छ ।गड्याङ्ग-गुडुङ्ग गर्यो भने टिभी कम्प्युटर घरमा ...