बिसौनीमा बस्दा बस्दै
- Krick Koach ( कृकौज ) त्रिपुरेश्वरचोक स्थित World Trade Centre अगाडिको बस बिसौनीमा बसेर पठाओ अर्डर गरेको थिएँ , यत्रो बेरसम्म आउँदै आउँन्न त ! कत्रो टाइम लगाएको होला ….. Cancel Ride गरिदिनुपर्छ क्या हो ? होइन होइन त्यसो गर्नु हुँदैन बिचरा आउँदैहोला नि । एकैछिन Patience राख्न सिक । " रूको जरा , सबर करो " " ए ए ए पख्नुस् टो …. पख्नुस् टो …." भेलु बाजेको आवाजमा यति भनेको के थिएँ छेवैकै केटीले सुनी कि जस्तो लाग्यो । छ्या … म पनि के भाको होला … पब्लिक प्लेसमा के गरेको यस्तो , लाजै मर्दो । यो खालि बसेको बेला , कुर्ने बेला , मन साह्रै उकुसमुकुस हुने रहेछ । बाइक चलाउने मान्छे बरू देब्रे पट्टीबाट घुमेर लामो यात्रा तय गरी जान तयार हुन्छ तर ३० सेकेन्डको ट्राफिक लाइट कुर्ने सामर्थ्य उसँग हुँदैन । कुर्न कति गाह्रो हुन्छ है …. मलाई यति कुर्न त गाह्रो लाग्छ भने वर्षौ देखि हराएको छोरो यो दशैँमा त आउला कि भनेर कुर्दै गरेकी आमालाई झन कति साह्रो पर्दो हो । ओहो …. भावुक पो भएछु । बेला न कुबेला यस्तो सोचेर आफ्नो भाव - भङ्गीमा बिग...