Posts

Showing posts from June, 2020

एउटा रूखको आत्मकथा ( Story of a tree )

Image
ऐया नि आम्मै ! के साह्रो ढाड दुखेको ।नदुखोस् पनि कसरी ? यसरी एकै ठाउँमा ठिङ्ग उभिराखेको पनि सय वर्ष नाघिसकेछ । अझै चिन्नुभएन ? म रूख हुँ क्या ।मेरो नाम वर हो ।आ … छोडौँ ।यो मान्छे जातीले मलाई चिन्लान् , मेरो वास्ता गर्लान् भनेर आश पनि कति गर्नु ? मान्छे लगायतका प्राणीहरूले फालेको CO 2 निलेर हामी मरीमरी Oxygen छोड्छौँ तर तिनीहरू हाम्लाई गन्दै गन्दैनन् ।अझ Boring Lecture मा बसिरहँदा तिनीहरू आफैँ अल्छी मानेर हाइ काढ्छन् अनि दोष चैँ हाम्लाई दिन्छन् – Oxygen फालेन भनेर ।  खासमा मान्छेहरूसँग मेरो विशेष नाता छ ।कतिजना युवतीहरूले आफ्नो चिना हेराएर मसँग बिहे पनि गरेका छन् ।ति युवतीहरू मलाई बेला - बेला भेट्न आउँछन् अनि कलशको पानीले मलाई छम्किएर जान्छन् । अरे बाबा ! मलाई पानी किन छम्कनु पर्यो ? म त होसमै छु त ।बरू तिमी होसमा छैनौ होला , तिमी मेरो वरिपरी ठूल्ठूला रूखहरू रोप , तिनीहरूलाई लगातार पानी छम्क  अनि त्यसपछि हामी ठूल्ठूला रूखहरू मिलेरैै वरिपरी वर्षा  पारिदिउँला नि हुन्न ? पहिला पहिला हाम्रो छहारी मुनी ऋषिमुनी आउँथे तपस्या गरेर जान्थे तर अहिले त कति साह्रो हेपेका के ! बल्ल कोही आयो ह