Posts

Showing posts from April, 2020

भूतसँगको अन्तर्वार्ता (Horror Comedy)

Image
 अन्तर्वार्ता कसरी सुरू भयो ? थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुस: https://krickoach.blogspot.com/2020/04/intro2horrocomedy.html सिधै अन्तर्वार्ता पढ्नका लागि यता माथि धेरै नअलमलिनुस् । तलको लाइनबाट पढ्न थाल्नुहोस्: प्र : अनि भूतजी तपाईँहरूको नाम के हो ? पालैपालो भनिदिनुस् न । उ : म भूतहरूको मुल " मूलभूत ", यता अनु बहिनीको भूत " अनुभूत ", आगोमा जलेको " राँकेभूत ", बाँकेमा लडेको " बाँकेभूत ", मौरीले टोकेको " वि - भूत " अनि मुड्कीले ठोकेको " पञ्च महाभूत " लगायत थूप्रै भूतहरू बस्छौँ यहाँ । प्र : अनि विभूतजी तपाईँको मृत्यु कसरी भयो ? तपाईँ कसरी भूत बन्नुभयो ? उ : कोरोनाको समय थियो ।मौरीको चाकामा मौरीहरू एकैठाउँमा बसिरहेका थिए ।बिचराहरू टाँसिएर बस्दा एकआपसमा रोग सर्ला भनेर रोक्नका लागि चाकामा ढुङ्गाले हिर्काएँ ।फटाहाहरू एकहुल आएर मलाई नै टोकेर मारिदिए । प्र : अनि " मूलभूत " तपाईँको सुनाउनुस् न । उ : मान्छेहरू मलाई " तपाईँ