नेपाली टाइम ( Nepali Time )

" बाबा ! बाबा ! यो नेपाली टाइम भनेको के हो ? " बाह्र वर्षे फुच्चे सुरेश उत्सुक्तापुर्वक प्रश्न तेर्साउँदछ । " बाबु टेन क्लास पुगेपछि ठूलो मान्छे बन्छौ अनि सबै कुरा बुझ्छौ हस् " सधैँ झैँ बुवाले उसको कुरा टारिदिन्छन्। तीनवर्षपछि कक्षा नौमा पढ्दा सुरेशको घरमा इन्टर्नेट जडान गरिन्छ ।उ हतारहतार गुगलमा टाइप गर्दछ " नेपाली टाइम " ।अनि तुरुन्तै थाहा पाउँदछ - लन्डनको ग्रीनविचको समयभन्दा ५ : ४५ घन्टाको अन्तराल पश्चातको समय रहेछ - नेपाली टाइम । तर ईन्टेरनेटको कुरा र उसले देखे - भोगेको कुरामा रत्तिभरपनि मेल खाँदैन । हिजोअस्तिको कुरा हो - स्कुलमा अभिभावक दिवस आयोजना हुँदै थियो ।विद्यालय प्राङ्गणमा अभिभावक र विद्यार्थीहरू बिचको हुलमा एकजना अधबैँसे अंकल बर्बराउँदछन् " हैन कतिखेर थाल्छन् हौ ? ट्याम त भइसक्यो त । " " साढे नबजी सुरु हुनेवाला छैन " साडीमा बेरिएकी आन्टी सुनाउँछिन् " नेपाली टाइम हो नि ! " ईन्टेरनेटको " नेपाली टाइम " को बारेमा ज्ञान प्राप्त गरेतापनि सामाजिक विकृति " नेपाली टाइम "...